+
+

हत्या गरिएका वन रक्षकलाई शहीद घोषणा गर्न सिफारिस

रविन भट्टराई रविन भट्टराई
२०७३ पुष २० गते १६:१८

२० पुस, ताप्लेजुङ । सर्वपक्षीय बैठकले हत्या भएका वन रक्षक गणेश शाहीलाई राष्ट्रसेवक सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने गर्ने निर्णय गरेको छ ।

mritak-sahiप्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काको अध्यक्षतामा मृतका आफन्त सहित बसेको बैठकबाट शाहीलाई राष्ट्रसेवक सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

साथै मृतकका परीवारलाई उचित राहत र क्षतिपुर्तिका लागि नेपाल सरकार समक्ष अनुरोध गरी पठाउने, मृतकी श्रीमती पवित्रा शाहीलाई सरकारी जागिर सुनिश्चितताका लागि जिल्ला वन कार्यालय ताप्लेजुङले पहल गर्ने, अनुसन्धानका क्रममा दोषि देखिएका व्याक्तिलाई कानुनी दायरामा ल्याउने र मृतकका आफन्तको माग माबोजिम वन मन्त्रालयको समेत प्रतिनिधि रहने गरी उच्च स्तरीय छानविन समिति गठन गर्न गृह मन्त्रालयमा माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले बताए ।

मृतकका दाजु जनक शाहिसहित १५ जना जाजरकोटबाट मंगलबार साँझ ताप्लेजुङ पुगेका थिए ।

मृतकका परिवारले आफूहरुको माग सम्बोधनका लागि सरकार समक्ष सिफारिस गरी प्रकृया सुरु नभएसम्म शव नबुभ\mने बताएपछि बुधबार सर्वपक्षीय बैठक बोलाइएको छ ।

निर्णयपछि मात्र मृतक शाहीको पोष्टमाटम गरिएको छ । ईलाका वन कार्यालय खोक्लिङमा वन रक्षकमा कार्यरत जाजरकोट दसेरा ८ निवारी गणेश शाहीको आइतबार विहान हत्या भएको थियो । सामुदायिक र निजी वन सिमानाका विषयमा विवाद हुँदा स्थानिय सविन लिम्बु भनिने टेक प्रसाद लिम्बुले घाटी रेटेर हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?