Comments Add Comment

भूकम्प पीडितको पक्षमा सरकारले काम गरेनः राणा

Pashupati-Samser२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणाले भूकम्प पीडितहरुको पक्षमा सरकारले काम गर्न नसकेको आरोप लगाएका छन् ।

भूकम्पका बेला प्रधानमन्त्री रहेका सुशील कोइराला, त्यसपछि प्रधानमन्त्री बनेका केपी ओली र प्रचण्ड कसैले पनि पीडितको पक्षमा काम गर्न नसकेको राणाले बताए ।

सिन्धुपाल्चोकको मेलम्चीमा बिहीबार आयोजित दुई दिने स्वास्थ्य शिविर उदघाटन कार्यक्रममा राणाले भूकम्प पीडितहरुले यसपालीको जाडो पनि टहरामै बिताउन बाध्य हुनुमा सरकार दोषि रहेको आरोप लगाए ।

‘भूकम्प पछिको दोस्रो जाडो पनि पीडितले टहरा मै बिताउन बाध्य हुनुमा तिनै सरकारहरु दोषि छन्,’ राणाले भने, ‘कोइराला, ओली र प्रचण्डले सरकारले जनताको पक्षमा काम गर्न सकेनन् ।’

भोलिसम्म चल्ने शिविरमा ४७ विदेशी र १० नेपाली स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नेछन् । अमेरिका तथा अष्ट्रेलियाको सहयोग र ग्रीनसिटी अस्पतालको समन्वयमा शिविर सञ्चालन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment