+
+
Shares

जगदम्बा सिमेन्टलाई ‘उत्कृष्ट उद्योग २०७३’को सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते १६:२९

jagadamba-cements
२१ पुस, काठमाडौं । जगदम्बा सिमेन्ट उत्पादक उद्योगले ‘उत्कृष्ट उद्योग- २०७३’ सम्मान प्राप्त गरेको छ । जगदम्बा सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई रुपन्देही उद्योग संघले सिमेन्टलाई यो उपाधि दिएको हो ।

अन्तरगतको शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिले नेपाल गुणस्तर तथा नापतौल विभागबाट लगातार २ पटकसम्म एनएस अवार्ड जितिसकेको छ ।

कम्पनीले आगामी दिनहरुमा समेत उपभोक्ताको सेवामा समर्पित रही गुणस्तर प्रति सदैव कटीबद्ध रहने प्रतिबद्धता गरेको छ । कम्पनीले जगदम्बा सिमेन्ट इण्डष्ट्रीज प्रालि र शुभश्री जगदम्बा सिमेन्ट मिल्स प्रालिमार्फत नेपालमा पाइने सबै प्रकारका सिमेन्टहरु विक्री वितरण गर्दै आएको छ ।

आम उपभोक्ताको गुणस्तरप्रतिको सजगतालाई मनन् गर्दै उत्पादनदेखि उपभोगसम्मका हरेक चरणहरुमा गुणस्तरलाई केन्द्रबिन्दुमा राखी आफ्ना उत्पादन तथा सेवालाई गुणस्तरीय बनाउँदै उपभोक्तालाई विशिष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?