+
+

प्रभु साहको टोली मेलवर्नमा, शनिवार अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते २१:३६

15909828_10211398583061642_1124548246_n५ जनवरी, मेलवर्न । अष्ट्रेलियामा रहेका नेपाली नियोगहरुको निरिक्षणमा आएका नेपालको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रमसम्बन्धी संसदीय समितिका सभापति प्रभु साहसहितको टोली मेलवर्न आइपुगेको छ ।
शुक्रबार साँझ मेलवर्न आइपुगेका उनीहरुलाई भिक्टोरियाका लागि नेपालका अवैतनिक महाबाणिज्यदूत चन्द्र योञ्जन, गैरआवासीय नेपाली संघका उपाध्यक्ष केशव कँडेल, नेप्लिज एसोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा. अनुपम पोखरेल, जनप्रगतिशिल मञ्च अष्ट्रेलियाका अध्यक्ष माण्डवराज कार्की लगायतले स्वागत गरे ।
अबैतनिक महाबाणिज्यदूतावासले शनिवार अपरान्ह कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
सभापति साहसँगै अर्का सांसद नरेन्द्र साह कलवार पनि अष्ट्रेलिया भ्रमणमा छन् । आइतबार न्यूजिल्याण्ड प्रस्थान गर्ने उनीहरु मलेसिया हुंदै नेपाल फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?