Comments Add Comment

सैलुनमा गएर कपाल धुनु स्ट्रोकको कारण बन्न सक्छ ?

hair-wash-in-sailoon

काठमाडौं । तपाईं कपाल धुन सैलुनमा जाने गर्नुभएको छ ? यदि छ भने सचेत हुनुहोस् घरमा टाउको नुहाउन अल्छी लागेर सैलुन धाउने गर्नु हानिकारक हुन सक्छ ।

सैलुनमा कपाल धोएका एक व्यक्तिलाई स्ट्रोक भएपछि एक सैलुनले क्षतिपूर्ति नै तिर्नुपरेको छ । कपाल धोएपश्चात स्ट्रोकको शिकार भएका एक व्यक्तिलाई विट्रेनको एक सैलुनले क्षतिपूर्ति वापत ९० हजार पाउण्ड तिरेको हो । चिकित्सकहरुका अनुसार योे ‘व्युटी पार्लर सिण्ड्रोम’को मामला हुनसक्छ ।

यो स्थिति त्यतिबेला सिर्जना हुन्छ, जब गर्धनलाई चाहिने भन्दा बढी तन्काइन्छ । यसले मुटमा असर पर्छ र रगत जमेर स्ट्रोकको समस्या हुनसक्छ ।

४५ वर्षका डेव टायलरले डेली मेललाई दिएको जानकारीअनुसार ब्राइटनको एक सैलनुबाट फर्किएको दुई दिन पश्चात डेवलाई टाउको दुख्न थाल्यो र उनी विजनेश मिटिङ्गकै क्रममा बेहोश भएर लड्न पुगे ।

त्यतिबेला उनलाई आफ्नो शरीर शून्य भएको महसुस भयो । उनलाई तीन महिनासम्म थप उपचारका लागि अस्पतालमै राखिएको थियो । उनी अहिले लौरो टेकेर हिँड्ने गर्छन्, र बेलाबेलामा पीडा महसुस गर्छन् ।

यस सन्दर्भमा उनको सम्झौता सैलुनसित कोर्ट बाहिरै भएको थियो र उनलाई सैलनुले गत फेब्रुरीमा क्षतिपूर्ति स्वरुप ९० हजार पाउण्ड रकम उपलब्ध गराएको थियो ।

स्ट्रोक एशोसिएसनकी एलेक्सिस वायरोनीका अनुसार यदि गर्धनबाट टाउकोसम्म पुग्ने नशामा क्षति भएमा रगत जम्न सक्छ र स्ट्रोकको कारक बन्न सक्छ । उनी भन्छिन्, ‘कुर्सीमा बसेर कपाल धुन गर्धन झुकाउँदा यस्तो समस्या उत्पन्न हुने सम्भाबना भने निकै न्यून हुन्छ । तर, कपाल धुने र स्ट्रोकको बीच कुनै स्पष्ट सम्बन्ध जाहेर भएको छैन ।’

युर्निभर्सिटी अफ म्यानचेस्टरकी स्ट्रोक मेडिसिनकी प्रोफेसर पिपा टायरेलले गर्धनमा लाग्ने यस्ता चोट सामान्यतया सडक दुर्घटना, स्किइङ्ग, डाइभिङ्ग वा वंजी जम्पिङ्गले हुने बताइन् ।

उनका अनुसार गर्धनमा हुने पीडाका कारण यस्ता स्ट्रोक कुनै पनि उमेरमा आउन सक्छ । यदि कसैलाई टाउको र गर्धनको एकातिर पीडाले सताउँछ भने तुरुन्तै चिकित्सकसितको परामर्श लिनु जरुरी हुन्छ ।

सन् १९९७ मा मेडिकल जर्नल ‘लैंसेट’मा प्रकाशित एक रिपोर्टमा उल्लेख भएअनुसार त्यतिबेला ४२ वर्षकी एक महिलालाई पनि कपाल धोएपश्चात स्ट्रोक भएको थियो ।

यस सन्दर्भमा चिकित्सकहरुले हेयर ड्रेसरहरुलाई कपाल धुँदा गर्धन ज्यादा नझुकोस् भन्नाका लागि कुशनको प्रयोग गर्न समेत सुझाव दिएका थिए ।

सन् २००० मा भएको अर्को अध्ययनमा चिकित्सकहरुले पीडा महसुस हुने वा चक्कर आउने समस्या भएका मानिसहरुलाई सैलुनमा कपाल धुँदा सजग रहन सुझाएका छन् । यही वर्ष मात्र पनि क्यालिफोर्नियाकी ४८ वर्षीया महिलालाई हल्का स्ट्रोक आएकै कारण उनले आफूले कपाल धोएको सैलुनमाथि मुद्दा हालेकी थिइन् ।

(बीबीसी हिन्दीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment