चीन र बेलायत जोड्ने रेल लाइन, अन्तर्राष्ट्रिय मालबाहनको क्षेत्रमा एउटा कोशेढुंगा मानिएको छ ।
यो रेल चीनबाट सुरु भएर कानाखस्तान, रुस, बेलारुस, पोल्याण्ड, बेल्जियम र फ्रान्स हुँदै बेलायत पुग्नेछ ।
एशियादेखि युरोपसम्मको सिधा मालबाहक सेवा चीनको इर्वू शहरबाट २०१७ सालको पहिलो दिनदेखि सुरु भएको थियो ।
चिनियाँ समाचार संस्था शिन्हृवाका अनुसार यो रेलले १२,००० किलोमिटरको दूरी तय गर्दै १८ दिनपछि बेलायत पुग्नेछ । यसको माध्यमबाट चीनले आफ्नो व्यवसायिक गतिविधिको बिस्तार पश्चिम युरोपसम्म गरेको छ ।
बिबिसीका अनुसार चीनबाट बेलायतसम्म एउटै रेल पुग्दैन । बीचमा थुप्रै पटक कन्टेनर एउटाबाट अर्को रेलमा लोड गर्नुपर्ने हुन्छ ।
अझ रोचक पक्ष त यो हो कि राजनीतिक रुपमा खराव सम्बन्ध रहेका मुलुकहरुमा चीनले आफ्नो रेल गुडाएको छ । खासगरी बेलायत र रुससँग चीनको राजनीतिक सम्बन्ध त्यति राम्रो छैन ।
यो मार्ग त्यो रेलमार्गको हिस्सा हो जसको माध्यमबाट चिनियाँ शहर इर्वूबाट स्पेनको म्याडि्रड जोडिएको छ ।
चीनमा राष्ट्रपति शी जिङपिङले सन् २०१३ मा ‘एक बेल्ट, एक रुट’ परियोजनाको सुरुवात गरेका थिए । यसमा एशिया, अफ्रिका र युरोपलाई सडकमार्गबाट जोड्यो योजना छ ।
इर्वू शहर चीनको जजियाङ प्रान्तमा अवस्थित छ र यसलाई उत्पादनको ठूलो केन्द्रको रुपमा मानिन्छ ।
प्रतिक्रिया 4