+
+
Shares

एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १९:२५

Upendra-Yadav-1

२२ पुस, विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् ।

शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।

‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने ।

उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताए ।

नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोहोर्‍याएका छन् । उनले भने, ‘पहिला संविधान संशोधन गरी मधेसी जनताको अधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्छ अनिमात्र निर्वाचनमा जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?