Comments Add Comment

लोडसेडिङमुक्त हुने पालो अब चितवनकोः ऊर्जामन्त्री शर्मा

janardan-sharma

२२ पुस, चितवन । ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं र पोखरापछि लोडसेडिङ मुक्त गर्ने पालो चितवनको भएको बताएका छन् ।

प्रेेस सेन्टर नेपाल चितवन शाखाले भरतपुर बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले भने, ‘एकै पटक सबै ठाउँमा सम्भव हुन्छ भन्ने होइन, काठमाडौँ हुँदै पोखरा मुक्त भइसकेको चितवन सहित अन्य ठाउँमा पनि तयारी अन्तिम चरण पुगेको छ ।’

‘कतिपय ठाउँ डेढ दुई घण्टासम्म लोडसेडिङ हुनसक्छ’ उनले भने, ‘तर हामी बढी भन्दा बढी लोडसेडिङ मुक्त गर्ने तयारीमा छौँ ।’

केहि पूर्वधार बनिनसकाले सबै स्थानमा एकैपटक लोडसेडिङ मुक्त गर्न संभव नभएको मन्त्री शर्माको भनाई थियो ।

मन्त्री शर्माले विद्युत उत्पादनका लागि लाइसेन्स लिने तर दलाली गरी काम नगर्नेलाई कारबाही गर्ने बताए ।

कानून नै लाइसेन्स लिएपछि बर्षिक रुपमा नवीकरण गरे पुग्ने व्यवस्था गरेका कारण पहिले कानून बनाएर झोलामा खोला राखेर हिँड्नेहरुलाई कारबाही गर्ने मन्त्री शर्माले उद्घोष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment