Comments Add Comment

काँकडभिट्टा गोल्डकपको उपाधि झापा ११ लाई

jhapa-11

२३ पुस, झापा। काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले चार लाख एक हजार हात पारेको छ ।

शनिबार काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले दुई लाख एक हजारमा चित्त बुझाएको छ ।

खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । ९० औँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा ११ का योगेश गुरुङ घोषित भए । उनले २५ हजार पाएका छन् भने प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा ११ कै कर्ण लिम्बूले १५ हजार पाए ।

ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment