Comments Add Comment

भीएफएक्स चित्त नवुझेपछि ‘दर्पण छाया २’को क्लाइमेक्स फेरि खिचियो

sahara-in-darpan-chaya-2
निर्देशक तुलसी घिमिरेले आफ्नो प्रतिक्षित चलचित्र ‘दर्पण छाया २’को क्लामेक्सको छायांकन पुन गरेका छन् । दार्जलिङमा पुगेर चलचित्रको क्लाइमेक्स खिच्न तुलसी किन अग्रसर भए त ?

क्लाइमेक्सको करिब १५ मिनेटको दृश्यलाई भीएफएक्सबाट आकर्षक बनाउने उनको योजना थियो । तर, भीएफएक्सबाट क्लाइमेक्स सोचेजस्तो नभएपछि उनी दार्जलिङ पुगेर क्लाइमेक्स खिच्न वाध्य भएका हुन् ।

जय गिरीले तुलसीलाई क्लाइमेक्सको १५ मिनेट भीएफएक्स मार्फत नै आकर्षक बनाउने वचन तुलसीलाई दिएका थिए । तर, चलचित्र रिलिजको समय नजिकिदै गर्दा तुलसीलाई भीएफएक्स चित्त वुझेन । र, उनी कलाकारको टोली बोकेर दार्जलिङ पुगे ।
sahara-and-puspal-in-darpan-chaya-2
दार्जलिङको जीटीए सभा हलमा क्लाइमेक्स खिचेपछि तुलसी बल्ल मुस्कुराएका छन् । उनले भने-‘हामीले यहि दृष्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं । तर, यसको जिम्मा लिएका जय गिरीले राम्रो गर्न सकेनन् ।’

चलचित्रको क्लाइमेक्समा रहेको नृत्यको कोरियोग्राफी मिङ्मा दोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् ।
darpan-chaya-2-re-shoot
चलचित्रको छायांकन रामेश्वर कार्कीले गरेका हुन् । चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । सहारा फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रको प्रस्तुतकर्ता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment