+
+
Shares

१५ लाख पर्ने सटर बिना टेन्डर ८ लाखमा !

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २४ गते १५:३७

bir-hospital-final

२४ पुस, काठमाडौं । बीर अस्पतालले विना टेण्डर सात नम्बरको सटर भाडामा दिएको छ । अस्पतालले वार्षिक आठ लाख रुपैयाँमा आरफ फार्मेसीलाई सटर भाडामा दिएको हो । जबकी सो सटरलाई १५ लाख पर्ने स्थानीय व्यापारीहरु बताउँछन् ।

सात लाख रुपैयाँ घाटा खाएर अस्पतालले किन भाडामा दियो आश्चर्यको विषय बनेको छ । तर, जानकारहरु भन्छन्- यसमा आर्थिक चलखेल छ र बीर अस्पताल प्रशासनका उच्च अधिकारीहरु त्यसमा संलग्न छन् ।

बीर अस्पताल प्रशासनले पनि सात नम्बरको सटर टेण्डर प्रकृयामै रहेकाले म्याद गुज्रदा पनि आरफ फार्मेसीलाई पुरानै शुल्कमा उपलब्ध गराएको स्वीकार गरेको छ ।

bhupendra-basnet-bir-hospital
डा. भुपेन्द्र बस्नेत

अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले अनलाइनखबरसित भने, ‘अहिले सटर भएको ठाउँको सटर भत्काउने, नभत्काउने टुंगो नलागेको हुँदा नयाँ टेण्डर प्रकृयालाई रोकेर पुरानै शुल्कमा सटर भाडामा दिएका हौं । सटर नभत्किने यकिन हुनासाथ प्रकृयालाई टुंगोमा लगाइनेछ ।’

उनले वीर अस्पतालको पछिल्तिर रहेको सडकको अवस्थाबारे जानकारी लिनकै लागि भवन निर्माण विभागका इञ्जिनियरहरुलाई पटक-पटक बोलाउँदा समेत नआएपछि बाध्य भएर सटर भाडामा दिएको दाबी गरे ।

उनले भने, ‘हामीले कुनै गलत नियत राखेर सटर भाडामा दिएका होइनौं ।’

खरीद इकाइका कर्मचारी भन्छन्- हामीलाई बोल्ने अनुमति छैन

उक्त सटरबारे थप बुझ्न खोज्दा बीर अस्पताल खरीद इकाइका एक कर्मचारीले भने यस विषयमा आफूहरुलाई बोल्ने अनुमति नभएको बताएका छन् ।

उनले आफ्नो नाम नबताउने सर्तमा भने, ‘यो विषयमा हामीलाई बोल्ने अनुमति दिइएको छैन । थप जानकारी चाहिए निर्देशकलाई सम्पर्क गर्नू ।’

यसबारे चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. गणेश गुरुङसित थप जानकारी लिन खोज्दा उनले सटर भाडामा दिएको थाहा भएपनि विना टेण्डर हो वा होइन भन्नेबारे आफूलाई थाहा नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?