Comments Add Comment

सशस्त्रमा नियमावलीको लफडा, सेनाबाट आएकालाई घर पठाउने रणनीति

APF-Headquater

२५ पुस, काठमाडाैं । गुपचुप रुपमा ल्याइएको नियमावलीले बढ्वा रोकिएको भन्दै सशस्त्र प्रहरीभित्र खैलाबैला मच्चिएको छ । कोषराज वन्त आइजीपी भएकै बेला २०७२ असारमा ल्याइएको नियमावली अहिले आएर विवादमा परेको हो ।

नयाँ निमावलीका बारेमा कतिपय सशस्त्र प्रहरी बलकै अधिकृतहरु बेखबर देखिएका छन् । बढुवा सम्बन्धमा पुरानो नियमावलीको व्यवस्थालाई परिमार्जन गरेको र त्यसको असर अहिले देखिन थालेको उच्च अधिकारीहरुले बताएका छन् ।

परिमार्जित नियमावलीबारे सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरुको वैठकमा छलफल हुनु पर्ने थियो । तर वन्तले त्यो बेला संगठनभित्र कतै पनि छलफल नगरी ल्याइएको निमावलीललेअहिले आएर समस्या सिर्जना भएको आरोप छ ।

राई र वन्तको खेल

सशस्त्र प्रहरी बलमा नेपाल प्रहरीबाट भन्दा नेपाली सेनाबाट आएका अधिकृतहरुको संख्या कम छ । सेनाबाट आएका सनत बस्नेत र शैलेन्द्र श्रेष्ठ सशस्त्रको आइजी भए । नारायण पाण्डे, ऋषवदेव भट्टराई लगाएतले एआइजीबाट अवकाश पाए ।

नेपाली सेनाबाट आएकाहरु जति पनि उच्च तहमा पुगे उनीहरु सबै सशस्त्रको पुरानो नियमावली अनुसार बढुवा भएका थिए ।

सशस्त्रको पुरानो नियमावलीमा एसपी र सो धन्दा माथिल्लो तहमा बढुवा हुन स्नातक तह वा सो सरहको शैक्षिक योग्यता तोकिएको थियो । तर त्यही नियमावलीमा नेपाली सेनाबाट आएकाहरुको हकमा भने फरक व्यवस्था छ ।

नेपाली सेनाबाट स्थानान्तरण भएर आएकाहरुका लागि एसपी भन्दा माथिको बढुवाका लागि शैक्षिक योग्यता भन्दा तालिम तोकिएको छ ।
अघिल्लो नियमावली अनुसार सशस्त्र प्रहरी बलमा डिआइजी, एसएसपी र एसपीमा बढुवाका लागि कमाण्ड वा स्टाफ कलेज, मद्धति, बन्दोवस्त अङ्ग अथवा समान तहको कुनै एक तालीम गरे पुग्ने भनिएको थियो ।

त्यसो त सेनाबाट आएकाहरुले जङगल वारफेर तथा माउण्टेन वारफेर मध्य जुन तालिम गरेको भए पनि एसपी भन्दा माथिको बढुवा पाउन सक्ने थिए ।

तर नयाँ नियमावलीले नेपाली सेनाबाट आएका अधिकांश अधिकृतहरु एसपी भन्दा माथि जान नसक्ने भएपछि उनीहरु अशन्तुष्ट बनेका छन् ।

के छ नयाँ नियमावलीमा

सशस्त्र प्रहरी बलको नयाँ नियमावलीमा एसपी वा सो भन्दा माथिको पदमा बढुवाका लागि खुल्ला प्रतिस्पर्धाबाट आउने इन्स्पेक्टरको लागि तोकिएको शैक्षिक योग्यता हुनु पर्ने भनिएको छ ।

purano-ra-naya-niyamawali

  • सशस्त्रको पुरानो नियामावलीको व्यवस्था (बायाँ), नयाँ व्यवस्था दायाँ

सशस्त्रको इन्स्पेक्टरमा खुल्ला प्रतिस्पिर्धाबाट आउन स्नातक तह पास गरेको हुुुुनु पर्छ । तर सेनाबाट सशस्त्रमा आएकाहरु अधिकांशको शैक्षिक योग्यता भने आइएको मात्रै छ । किनकी सेनामा सेकेण्ड लप्टनका लागि आइए पास भए पुग्छ ।

सशस्त्रको पुरानो नियमावली अनुसार तोकिएको तालिम गरेपछि सेनाबाट आएकाहरु पनि एसपी भन्दा माथी जान सक्थे । सोही आधारमा प्रहरीमा ‘सालेप’ (साधारण लेखपढमात्र) योग्यता भएकाहरु पनि एसपीसम्म पुगे ।

तर अहिलेको नियमावलीले स्नातक तह पास नगरेकाहरु एसपी वा सो भन्दा माथि जान पाउने छैनन । सेनाबाट सशस्त्रमा गएका अधिकांशका लागि यो नियमावली बाधक बनेपछि उनीहरु अशन्तुष्ट बनेका हुन् ।

सुटुक्क ल्याइयो नियमावली

हाल खाली रहेका दुई डिआइजी पदमा बढुवा हुने समय आएपछि नियमावली विवाद बाहिर आएको हो । सेनाबाट आएका प्रतिस्पर्धी एसएसपीहरुले नयाँ निमावलीबारे विवाद झिकेको स्रोतले जाएको छ ।

सशस्त्रको नयाँ निमावलीमै कुनै पनि कर्मचारी सम्बन्धी कुनै पनि व्यवस्था उसको लिखित सहमति विना परिर्वतन नगरिने उल्लेख गरेको छ । तर यो व्यवस्थाबारे आफूहरुलाई गुमराहमा राखिएको ती एसएसपीहरुको गुनासो छ ।

naya-ko-bewastha

त्यसबेला सशस्त्र प्रहरीको नियमावली परिमार्जन विवादमा परेको थियो । नेपाल प्रहरी सरह सशस्त्रले पनि पक्राउ पुर्जी जारी गर्ने अधिकारबारे बिवाद भएपछि राज्य व्यवस्था समितिले समेत सोधपुछ गरेको थियो ।

सोही समयमा यो व्यवस्था पनि घुसाइएको स्रोतको दावी छ । नेपाली सेनाबाट आएका अधिकांश अधिकृत मात्रै होइन नेपाल प्रहरीबाट आएका थुपै्र अधिकृतहरुलाई समेत नयाँ निमायवलीले अन्याय गरेको भन्दै आइजीपी दुर्जकुमार राई समक्ष उनीहरुले नियमावली परिवर्तनको माग गरेका छन् । तर राई नियवमाली परिवर्तनकेा पक्षमा छैनन् ।

कार्वाहीमा परेकालाई डिआइजी बनाउने रणनीति

सशस्त्र प्रहरी बलका तीन डिआइजी पद खाली छ । तर नियमावली विवादका कारण बढुवा प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

२ पद खाली भएको त दुई वर्ष हुन लागिसकेको छ । आइजी दुर्जकुमार रार्इले पनि सेनाबाट आएकाहरुलाई रोक्न खोजेको आरोप लागेको छ ।

नेपाली सेनाबाट आएका चिरञ्जीवी अधिकारी र संजय विक्रम राणा डिआइजीको प्रतिस्पर्धामा छन् । उता नेपाल प्रहरीबाट आएका वसन्त बानियाँ, खड्ग राई, मन्दिप श्रेष्ठ, राजु सुवाल र प्रजाभक्त श्रेष्ठ पनि डिआइजी हुने लाइनमा छन् ।

आइजी राईले नयाँ नियमावलीमा टेकेर पटक-पटक कार्वाहीमा परेका खडग राई तथा सेनाबाट आएका भन्दा जुनियरलाई बढुवा गर्न खोजे पछि वैठकमै विवाद भएको सशस्त्रका एक डिआइजीले बताए ।

‘हिजो द्वन्द्वमा एउटा एउटा नियम बनाएर ल्याउने अहिले तिनैलाई सिध्याउन लुकाएर अर्को नियम ल्याउने ? संगठनभित्र योभन्दा ठूलो अन्याय के हुन्छ ? कस्ले हेर्छ यसलाई ?’ नेपाल प्रहरीबाटै सशस्त्रमा गएका एक डिआइजीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment