Comments Add Comment

टेलिकमले पनि ग्राहकको ब्यालेन्स सकिँदा ‘पैँचो’ दिने

Nepal-Telecome
२५ पुस, काठमाडौं । नेपाल टेलिकमले पनि आफ्ना प्रिपेड ग्राहकका लागि ब्यालेन्स सकिँदा सापटी लिन सक्ने गरी नयाँ सेवा सुरुवात गर्ने तयारी गरेको छ । सेवा थालनी गर्न अहिले टेकिलमले प्राविधिक तयारी लगभग अन्तिम चरणमा पुर्‍याएको छ ।

टेलिकमको प्रतिस्पर्धी सेवा प्रदायक संस्था एनसेलले यसअघि नै सापटी सेवा सुरु गरिसकेको छ । जुन, युवापुस्तामाझ निकै रुचाइएको पनि छ । त्यसैलाई पछ्याउँदै टेकिलमले पनि ब्यालेन्स ‘पैँचो’ लिने सेवा सुरु गर्न लागेको हो ।

टेलिकम उच्च स्र्रोतकाअनुासर टेलिकमका यो सेवा एनसेलको भन्दा भिन्न हुनेछ । तर, अहिले नै कति रकमसम्म सापटी लिन पाइने भन्ने टुंगो नलागेको ति अधिकारीले बताए ।

‘हामीले केही दिनभित्रै त्यो निर्णय पनि गर्नेछौं’ टेलिकमका एक अधिकारीले भने,’प्राविधिकहरुले सेवा सुरु गर्न अब कम्तिमा एक महिना लाग्ने बताएका छन् । हामी अन्तिम गृहकार्यमा छौं ।’

सेवाको सुरुवात पछि टेलिकमका प्रिपेड ग्राहकले आफ्नो ब्यालेन्स सकिएपछि कम्पनीसँग तोकिए बराबरको रकम सापटीका रुपमा लिन पाउनेछन् । जुन सापटी रकम अर्को पटक रिर्चाज गर्दा काटिनेछ । पैँचोको रुपमा यसलाई दिइने भएकाले ग्राहकले भुक्तानी गर्नुपर्ने छ ।

यसको सम्पूर्ण मोडालिटी बनिनसकेकाले सेवा थाल्न केही समय अझै लाग्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment