+
+

आजका दैनिक पत्रिकामा आर्थिक समाचारः १३ अर्ब खर्चेर देशभर इन्टरनेट

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २६ गते ७:४९

२६ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको अर्थ पृष्ठ र आर्थिक दैनिकहरुमा फरक-फरक आर्थिक समाचारले स्थान पाएका छन् ।

अन्नपूर्ण पोस्ट्को आर्थिक पृष्ठमा १३ अर्ब खर्चेर देशका सबै गाउँमा इन्टरनेट पुर्‍याउने सरकारी तयारी र कृषि क्षेत्रमा सरकारले १ खर्ब ४० अर्ब लगानी गर्ने समाचार महत्वका साथ छापिएको छ ।

नयाँ पत्रिका दैनिकको आर्थिक पृष्ठमा काठमाडौंका उद्योग हेटौंडा सार्ने तयारी भएको र उर्जा मन्त्रालयले जलविद्युतको सेयरमा लगानी गर्ने प्रतिवद्धताका लागि आहृवान गरेको समाचार प्रकाशित छ ।

आर्थिक दैनिक कारोबारमा अढाई दशकमा विद्युत माग ५१ हजार मेगावाट हुने, अधिक कर्जा प्रवाहले तरलता अभाव र किसानको पसिनामा विचौलियाले रजाईं गरेको समाचार प्रकाशित छ ।

नागरिक दैनिकको आर्थिक पृष्ठमा काठमाडौं-वीरगञ्ज विद्युतीय रेलको सम्भाव्यता अध्धयन गर्न १९ कम्पनी इच्छुक भएको, श्रम बैंक स्थापना अनिश्चित भएको समाचार प्राथमिकताका साथ छापिएको छ ।

नयाँ पत्रिका दैनिकको आर्थिक पृष्ठमा काठमाडौंका उद्योग हेटौंडा सार्ने तयारी भएको र उर्जा मन्त्रालयले जलविद्युतको सेयरमा लगानी गर्ने प्रतिवद्धताका लागि आहृवान गरेको समाचार छापिएको छ ।img_8890 img_8891 img_8893

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?