Comments Add Comment

चितवनमा प्रचण्डका आश्वासनः मेघौली एयरपोर्ट सञ्चालनदेखि तारजालीको व्यवस्थासम्म

prachand-meghauli-khanepani

२६ पुस, भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबासीलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन तारजालीको व्यवस्था गर्ने र मेघौली एयरपोर्ट पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

चितवनको समग्र विकासको लागि छिट्टै प्याकेज ल्याउने भन्दै उनले नारायणगढ-गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माण गर्ने आश्वासन दिए ।

मंगलबार मेघौलीमा रहेको साना शहरी खानेपानी आयोजना उदघाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘बन्यजन्तुको आक्रमणबाट संरक्षणका लागि तारजालीको व्यवस्था गरिनेछ । मेघौली एयरपोर्ट पनः सञ्चालनको व्यवस्था गरिनेछ । नारायणगढ-गोलाघाट मोटरबाटो र गोलाघाट पुल निर्माणमा मेरो गम्भीर ध्यान गएको छ । ठोरीदेखि केरुङसम्म जोड्ने बाटो निर्माणका लागि सरकारको तर्फबाट पहल भइरहेको छ । चितवनको विकासका निम्ति सधैं साथमा छु, छिट्टै चितवनको विकासको प्याकेज ल्याउनेछु ।’

नारायणी नगरपालिका वडा नम्बर ३ बुद्धनगरमा तीन वर्षअघि निर्माण थालिएको सो खानेपानी आयोजना १७ करोड २० लाख आठ हजार रुपैयाँको लागतमा बनेको हो । आयोजनामा नेपाल सरकारको आठ करोड ६० लाख चार हजार, नगर विकास कोषको ऋण सात करोड ७९ लाख १० हजार र उपभोक्ताको ८० लाख ९४ हजार रुपैयाँ खर्च भएको थियो ।

दैनिक २१ लाख लिटर पानी वितरण गर्ने क्षमता भएको सो आयोजनाले एक हजार ५९५ घरधुरीमा धारा जडान गरिसकेको छ । आयोजनाबाट एक हजार ७६५ परिवार लाभान्वित हुने बताइएको छ ।

गोलाघाट पुल निर्माण गर्ने प्रतिबद्धता

मेघौली खानेपानीको उदघाटन अघि प्रधानमन्त्रीले गोलाघाटमा निर्माणाधीन गोलाघाट पुलको स्थलगत निरीक्षण गरेका थिए । स्थलगत निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले पुल निर्माणलाई सरकारले तिव्रता दिने बताए ।

‘गोलाघाट पुल सरकारको प्राथमिकतामा छ । निकुञ्जको प्राविधिक कारणले पुल निर्माणमा ढिलाई भएको सूचना पाएको छु,’ उनले भने, ‘म यहाँबाट फर्किएलगत्तै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर छिट्टै पुल निर्माणमा तिब्रता दिनेछु । पुल निर्माण छिट्टै सम्पन्न हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment