Comments Add Comment

‘निर्भय’को फस्टलुक रिलिज, रेखासँग निखिलको भिडन्त

nirvaya-final-poster
‘एक्सन किङ्ग’को उप-नामले परिचित नायक निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’को फस्टलुक रिलिज गर्दै प्रदर्शन मिति तय गरिएको छ । माघ २८ गतेको पूर्व निर्धारित रिलिज डेटलाई पर सार्दै अब यो चलचित्रलाई चैत्र ११ गते रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ ।

चलचित्रका निर्देशक मधुसुदन भट्टराइले निखिलको चलचित्र रिलिजका लागि केहि समय ग्याप लिन खोज्दा चैत्र ११ गतेलाई रोजेको बताए । चलचित्रको फस्टलुकमा निखिल कतै रिसाहा अवतारमा देखिएका छन् भने कतै नायिका नीता ढुंगानासँग प्रेम भावमा छन् ।

प्रसिद्धी सिने आर्टस्को ब्यानरमा तयार भएको यो चलचित्रलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन् । चलचित्रमा विकास चापागाई, प्रज्वल गिरी, सुशिल पोखरेल, विशाल पहारी लगायतका कलाकारको अभिनय पनि छ । हिमाल केसीको एक्सन, रामशरण उप्रेतीको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत छ । चलचित्रको कथा यम थापाले लेखेका हुन् ।

चैत्र ११ गते निखिल पनि आउने भएपछि अब उनको भिडन्त नायिका रेखा थापासँग हुने पक्का छ । रेखा खल-नायिकाको रुपमा रहेको चलचित्र ‘डायरी’ यहि मितिमा रिलिज हुँदैछ । यस्तै, दयाहाङ राई र सौगात मल्ल अभिनित चलचित्र ‘लप्पन छप्पन’ पनि चैत्र ११ मै रिलिज हुने चर्चा छ । निखिल, रेखा, दया, सौगात जस्ता स्टारहरु एकसाथ भिड्दा त्यसको प्रभाव बक्स अफिसमा पर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment