Comments Add Comment

दुनियाँका पाँच कीर्तिमानी आमाहरुः कोहीका ६९ बच्चा, कोहीका एकै पटक ११ जना

achammaka-aamaharuआमा बन्नुलाई अधिकांस महिलाहरुले आफू पूर्ण भएको रुपमा ठान्दछन् र अहोभाग्य मान्दछन् । तर केही आमा बन्ने घटनाले दुनियाँलाई नै आश्चर्य चकित पारिदिन्छ । दुनियामा कोही ५ वर्षको उमेरमै आमा बनेका घटना छन् त कसैले ७० वर्षको उमेरमा समेत बच्चा जन्माएका छन् । विश्वका विचित्र आमाहरुका केही उदाहरण यस्ता छन्:

· विश्वमा सबैभन्दा धेरै बच्चाको आमा बनेकी महिलाको कीर्तिमान रुसकी फयोडोर वसिलिवको नाममा छ । सन् १७०७ मा जन्मिएर १७८२ मा मृत्यु भएकी वसिलिवले ६९ जना बच्चा जन्माएकी थिइन् । २७ बेतमा उनले ६९ जना बच्चा जन्माएकी थिइन् । त्यसक्रममा उनले १६ पटक जुम्ल्याहा, ७ पटक तिम्ल्याहा तथा ४ पटक चम्ल्याहा बच्च जन्माएकी थिइन् ।

· सबैभन्दा कम उमेरमा आमा बन्ने किर्तिमान पेरुकी लिना मेडिनाको नाममा छ । उनले ५ वर्षको उमेरमा आमा बनेर दुनियालाई आश्चर्यमा पारेकी थिइन । सन् १९३९ मे १४ मा उनले झण्डै ६ पाउण्ड तौलको स्वस्थ बच्चा जन्माएकी थिइन् । उनको पेट बढ्दै गएपछि ट्युमरको आशंकामा जब उनका बाबुआमाले उनलाई अस्पतालमा लगे तब उनको पेटमा त ७ महिनाको गर्भ रहेको पत्ता लागेको थियो ।

· विज्ञानले चाहे जेसुकै भनोस् तर कतिपय महिलाहरुले विज्ञानलाई नै चुनौती दिनेगरी बच्चा जन्माएका छन् । भारतको हरियाणाकी राजादेवी लोहानले सन् २००८ मा ७० वर्षको उमेरमा बच्चा जन्माइन् । उनले टेष्टट्युब प्रविधिबाट गर्भाधारण गरी बच्चा जन्माएकी थिइन् ।

· आफूले जन्माएका दुई बच्चाबीचको उमेरमा सबैभन्दा धेरै अन्तर हुने वा सबैभन्दा धेरै जन्मान्तर कायम गर्ने महिलाको किर्तिमान एलिजावेथ एन बटलको नाममा छ । उनले १९ मे १९५६ मा एक छोरी जन्माएकी थिइन् । त्यसको ४१ व्र्ष १८५ दिनपछि उनले दोश्रो बच्चाको रुपमा एक छोरा जन्माइन् ।

· अमेरिकाको इण्डियाना राज्यकी बासिन्दा मारिया हर्नान्डेजले १७ मिनेटमा ११ बच्चा जन्माएर किर्तिमान कायम गरेकी थिइन् । उनलाई जब डेलिभरीका लागि अस्पताल लगियो तब उनलाई हेर्दा सबै हैरान भए । अझ जब उनले १७ मिनेटमा लगातार ११ बच्चा पाइन् तब सबै तिनछक भए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment