+
+

चुनावको मिति घोषणा गर्ने सहमतिमा संशोधन पेशः मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २८ गते १३:५६

janardhan-sharma-pravakar-1

२८ पुस, अर्घाखाँची । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले एमालेसँग स्थानीय निकायको चुनावको मिति तोक्ने सहमति गरेर सविधान संंशोधन विधेयक संसदमा पेश गरेेको बताएका छन् ।

सवै दलहरुसँग सहमति गरेर चुनावको मिति तोक्न सरकारले प्रयत्न गरिरहेको उनले बताए ।

नेपाल प्रेस सेन्टर अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले भने, विवादका विचमा एउटा सहमति गरेर सरकार अगाडि बढेको छ ।’ संशोधन विधेयक पास फेल जे भएपनि सवैले स्वीकार गर्नेगरी संसद खुलेको उनले बताए ।

सरकार संशोधन प्रस्ताव पास गराउन र प्रतिपक्षी दल फेल गराउन तर्फ लाग्नु स्वभाविक भएको उननले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?