Comments Add Comment

जिप दुर्घटनामा भारतीय नागरिकको मृत्यु

२९ पुस, नवलपरासी । नवलपरासीको प्रसौनी ९ चोरमारा जंगलमा भएको जिप दुर्घटनामा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने एकजना नेपाली घाइते भएका छन् ।

Jeep-Accidentमृत्यु हुनेमा उत्तर प्रदेश नामपार जिल्लाका ४५ वर्षीय चिन्नु कुरुसी रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । त्यस्तै घाइते हुनेमा बाँके जिल्ला जयसपुर ४ का २३ वर्षीय मोहम्मद अली रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युपी ३१ टी ८१२८ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडक छेउँको रुखमा ठोक्किँदा जिपमा सवार कुरुसीको घटनास्थलमै मृत्यु भएको र अली घाइते भएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रमुख प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

घाइते अलीको मध्यविन्दु सामुदायिक अस्पताल चोरमारा उपचार भइरहेको छ ।

घटनापश्चात जिप चालक फरार रहेको र जिप प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment