काठमाडाैं । गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।
प्रज्ञा प्रतिष्ठानमा बिहीबार आयोजित कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणाले सहमतिपत्रमा हस्ताक्षर गरे ।
सहमतिका निम्ति एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रबर्द्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले गरेका थिए ।
सम्झौतामा आगामी सातौं एनआरएन विश्व सम्मेलनको अवसरमा बृहत संगोष्ठी गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने लगायत छन् ।
सम्झौताको अवधी २ बर्षको रहनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4