+
+
Shares

साझा बसले लामो दूरीका यात्रुलाई २० प्रतिशत छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २९ गते १४:१९

sajha-bus

२९ पुस, काठमाडौं । साझा यातायातले काठमाडौंबाहिर लामो दूरीमा आफ्नो बसबाट यात्रा गर्नेहरुका लागि २० प्रतिशत छुटको सुविधा दिने भएको छ ।

साझाले आज एक बिज्ञप्ति जारी गर्दै भोलिदेखि साझाका बसहरुमा लामो दूरीको यात्रा गर्नेहरुलाई छुटको व्यवस्था गरेको हो ।

साझाले काठमाडौंबाट बुटवल-भैरहवा-सुनौली, हेटौंडा-वीरगञ्ज र पोखरा-कुस्मा-बाग्लुङ गरी तीन रुटमा १४ वटा बसहरु दुईतर्फी सञ्चालन गर्दै आएको छ ।

२० प्रतिशत छुट गरी तोकिएको नयाँ भाडादरमा काठमाडौंबाट बाग्लुङ पुग्न ४४२ रुपैयाँ लाग्नेछ । सोही रुटमा कुस्मासम्म ४०० र पोखरासम्म ३१२ भाडा दर कायम गरिएको छ ।

त्यस्तै काठमाडौंबाट वीरगञ्ज जान ३९२ रुपैयाँमात्र लाग्नेछ । सोही रुटमा हेटौंडासम्मका लागि ३२८ भाडा तोकिएको छ ।

छुटसहितको भाडादर अनुसार काठमाडौंबाट बुटवलसम्म ३७८, भैरहवासम्म ४०८ र सुनौलीसम्म ४०८ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?