Comments Add Comment

माईमेला आज सकिँदै, एकै दिन डेढ लाख भक्तजन सहभागी

mai-mela-final२ माघ, झापा । झापाको कन्काई नदी किनारमा लागेको माईमेला आज सकिँदै छ । पुस २८ गतेदेखि सुरु भएको मेलामा लाखौं भक्तजन सहभागी भएको मेला आयोजक समितिका अध्यक्ष विवेक अग्रवालले बताए ।

अग्रवालका अनुसार शनिबार सबैभन्दा धेरै डेढ लाखभन्दा बढी भक्तजन मेलामा सहभागी भएका थिए ।

कन्काई माईको पूर्वी किनारमा लाग्ने यस मेलामा नेपालका पूर्वी जिल्लाहरुसहित भुटान, पश्चिम बङ्गाल, सिक्किम, मेघालय, अरुणाञ्चल, मणिपुर, आसाम लगायतका क्षेत्रबाट स्नान गरी मेला भर्न भक्तजन आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment