यतिबेला यूवापुस्तामा सबैभन्दा राम्रो क्रेज बनाएका कलाकार हुन्, दयाहाङ राई, सौगात मल्ल र अर्पण थापा । यी ३ कलाकारले मल्टिप्लेक्समा दर्शकलाई आकषिर्त गर्न सफल छन् । सायद, यहि कारणले ३ कलाकार खुबै व्यस्त पनि छन् ।
यी ३ कलाकारले अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन’ चैत्र ११ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र ट्रेलर सार्वजनिक भएको छ, जसले युटुबमा राम्रो दर्शक बटुलिरहेको छ ।
चलचित्रमा बर्षा सिवाकोटी, देवु श्रेष्ठको साथमा नव-कलाकार प्रकाशजंग शाह, सिड खरेलको पनि अभिनय देख्न सकिन्छ । अधिकांश दृश्य वेल्जियममा खिचिएको यो चलचित्रको ट्रेलरमा पैसा र ग्याङ फाइटलाई देखाइएको छ ।
पैसाको लागि केहि ग्याङहरु विच देखिएको लडाइलाई रोचक तरिकाले चलचित्रमा देखाइएको छ । वेल्जियमका रमणिय दृश्य, मुखमा झुन्डिने खालका संवाद र कलाकारको अभिनय यो चलचित्रको सशक्त पाटो बन्न सक्छ ।
मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रलाई डम्बर चन्दले निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता सहदेव गौतम हुन् । इन्द्रप्रसाद खरेल सह-निर्माता रहेको यो चलचित्रलाई श्याम श्रेष्ठले यूरोपमा संयोजन गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन, राजेन्द्र राजवाहकको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, प्रकाशजंग शाह र प्रवेश पौडेलको कथा तथा पटकथा, दीपकराजको संगीत यो चलचित्रमा छ ।
प्रतिक्रिया 4