Comments Add Comment

सरकारका प्रवक्ता भन्छन्- तत्काल मन्त्रिपरिषद बिस्तार हुँदैन

ram-karki

२ माघ, बिराटनगर । सञ्चारमन्त्री राम कार्कीले तत्काल सरकार बिस्तारको कुरा हल्ला मात्र भएको वताएका छन् ।

संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव पासका लागि वहुमत पुर्‍याउन सरकार पुनर्गठन हुने हल्ला चलिरहँदा सरकारका प्रवtmासमेत रहेका कार्कीको यस्तो धारणा आएको हो ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसंग कुराकानी गदै मन्त्री कार्कीले सरकार पुनर्गठन हुने संभावना नरहेको भन्दै यो सवै हल्लामात्र भएको प्रस्ट पारे ।

एक अर्को प्रशंगमा सञ्चारमन्त्री कार्कीले केही दिनभित्रै सवै दलको सहमतिमा स्थानीय तहको निर्वाचनको घोषण गर्ने सरकारको तयारी रहेको वताए । निर्वाचनका लागि भित्री तयारी पूरा भएको भन्दै दलीय सहमतिवाट अव चुनावको मिति घोषणा गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment