Comments Add Comment

नेपालमै पहिलो पटक झापामा बाल महोत्सव हुँदै

bal-mahotsab-jhapa

३ माघ, झापा । नेपालमै पहिलो पटक झापामा बाल महोत्सव हुने भएको छ । उज्यालो बाल क्लब लखनपुरको आयोजनामा माघ १४ देखि १६ गतेसम्म महोत्सव हुन लागेको हो ।

महोत्सवमा करिब डेढ लाखको सहभागिता रहने अपेक्षा गरिएको मुल समारोह समितिका संयोजक सन्तोष भण्डारीले बताए ।

पूर्वाञ्चलभरि रहेका बालबालिका तथा उनीहरुसँग सरोकार राख्ने व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको महोत्सवमा सहभागिता रहनेछ ।

झापाको लखनपुरस्थित रंगशालामा हुने महोत्सवमा बालबालिकाको चौतर्फी विकासका लागि चाहिने स्टलहरुसहित विविध कार्यक्रम राखिएको छ ।

प्रचारप्रसार समितिका संयोजक विष्णु पोखरेलका अनुसार महोत्सवमा चित्रकला, फोटो प्रदर्शनी, नृत्य प्रदर्शनी, नाटक, स्वास्थ्य शिविर, विज्ञान प्रदर्शनी, बाल झाँकी प्रदर्शनी, बाल उद्यान, जादु, कला लगायतका स्टलहरु राखिएका छन् ।

उनका अनुसार सोही अवसरमा गायन, चित्रकला र व्यवसायिक स्टल प्रतियोगिता समेत हुनेछ ।

लखनपुर बाल सञ्जाल अन्तरगत रहेका २४ वटा बालक्लबहरुले आफ्नो व्यापारिक स्टल राख्नेछन् । र, ती स्टलहरुलाई प्रतियोगितात्मक बनाइएको आयोजक समितिले जनाएको छ ।

बालक्लबका अध्यक्ष प्रज्वल निरौलाका अनुसार बालबालिकाहरुको नेतृत्व तथा व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो । महोत्सवको संयोजन दमक नगरपालिका र लखनपुर गाविसले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment