नायिका खोजी गरिरहेको चलचित्र ‘बटरफ्लाइ’ यूनिटले अन्ततः प्रियंका कार्कीलाई मुख्य भूमिकामा अनुवन्धित गरेको छ । चलचित्रको मुख्य भूमिकामा अर्पण थापा र आर्यन अधिकारी पक्का भैसकेका थिए । ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रका लागि नायिका पनि फाइनल गरिएको हो ।
अब, चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले बताएको छ । नायिका फाइनल नहुँदा चलचित्रको छायांकन सुरु हुन सकेको थिएन । चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा उदाएका नायक आर्यनले यो चलचित्रका लागि आफ्नो वजन पनि घटाएका छन् ।
प्रियंका चलचित्रको शिर्ष भूमिकामा देखिनेछिन् । रमेश प्रजापति कार्यकारी निर्माता रहेको यो चलचित्रमा पुष्पाञ्जली अधिकारी निर्माता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4