Comments Add Comment

बिभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु

३ माघ, काठमाडौं । देशका बिभिन्न स्थानमा सोमबार भएका छुट्टा छुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ ।

death-bodyकास्कीको पोखरा उपमहानगरपालिका-७ सृजनाचोकमा ग.१ ख ३६४२ नम्वरको मिनी ट्रकले ग.९ प ६३६२ नम्वरको स्कुटरलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा आरुखर्क-३ खामुआले बस्ने ४ वर्षीया स्मृती गुरुङ रहेकी छन् ।

मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार ३ जना घाइते भएकोमा गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ र मिनिट्रक चालकलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

धनुषाको बहुर्वा-६ मा ज १ त ६०३३ नम्वरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने १० वर्षीया पि्रंयका राउतको मृत्यु भएको छ । ट्याक्टरबाट खसेकी राउतलाई ट्याक्टरको पछाडिको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना लगत्तै ट्याक्टर चालक फरार भएको र उनको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यसैगरी बर्दीयाको कालिका-३ बर्मेली टोलमा भे १ त ५७९२ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा स्थानीय ४९ वर्षीय प्रकाश पौडेलको घटनास्थलमै मृत्यु भएको छ ।

कच्ची बाटोमा माटो खसाल्ने क्रममा ट्याक्टरको ट्रली पल्टिएको थियो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरीको गौशला नगरपालिका-७ स्थित हनुमान चोकमा ज १ त १९५१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा पैदल यात्री महोत्तरी भरतपुर-४ बस्ने ५० वर्षीय रामवृक्ष भगतको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका भगतको जलेश्वर अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

बाग्लुङको रायडाँडा-३ बस्ने १८ वर्षीया पार्वती केसीको सोमबार करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको लत्रेको मेन लाइनको तार छुन जाँदा करेन्ट लागेर केसीको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा अनुसन्धान गरिरहेको बाग्लुङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment