Comments Add Comment

शिल्पा निर्माता रहने ‘मंगलम’को शुभसाइत, ७ गतेबाट छायांकन

mangalam-suva-sait
निर्माता छविराज ओझाले नयाँ चलचित्र ‘मंगलम’को शुभसाइत गरेका छन् । चलचित्रको शुभसाइत आज गरिएतापनि यसको छायांकन भने माघ ७ गतेबाट हुने निर्देशक नवल नेपालले जानकारी दिए ।

मैतिदेवी मन्दिरमा पुगेर चलचित्रका कलाकार, निर्माता र निर्देशकले पूजा गरेका हुन् । पारिवारिक कथामा निर्माण हुने यो चलचित्रमा नायिका शिल्पा पोख्रेल मुख्य भूमिकामा रहनेछिन् । उनलाई नायक पुष्पल र पृथ्वीराज प्रसाइले साथ दिनेछन् ।

यहि, चलचित्रबाट पुष्पल छवि क्याम्पमा प्रवेश गरेका हुन् । यो चलचित्रको सह-निर्माता नायिका शिल्पा पोख्रेल पनि हुन् । निर्माता ओझाले यसअघि चलचित्र ‘हिफाजत २’ बनाउने तयारी गरेका थिए । तर, निर्देशक ज्ञानेन्द्र देउजासँग नायकको बिषयमा विवाद भएपछि उनी ‘मंगलम’ बनाउन कस्सिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment