Comments Add Comment

रात्री बसमा लागुऔषध बोक्नेहरुको बिगबिगी

लामो दूरीका सार्वजनिक सवारी साधनमा प्रहरीको चेकिङ बढ्यो

४ माघ, काठमाडौं । पछिल्लो समय लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधन लागुऔषध ओसार पसार गर्ने माध्यम बन्न थालेका छन् । विशेष गरेर रात्रि बसहरुमा लागुऔषध भेटिन थालेका छन् ।

charesमंगलबार बिहान पनि काठमाडौं छिर्ने मुख्य नाका थानकोटमा एक रात्री बसमा लागुऔषध चरेश फेला पर्‍यो । बाग्लुङबाट आएको ग १ ख ३६७८ नम्बरको रात्री बसको डिक्कीमा बिहान करिब सवा चार बजे जाँच गर्दा साढे आठ किलो चरेश फेला परेको हो । बाग्लुङबाटै आएका जुद्ध बनले ल्याएको ब्यागेजमा कपडाले बेरेर प्लाष्टिकमा राखिएको अवस्थामा चरेश बरामद भएको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले बताए ।

पंगेनीका अनुसार प्रहरीको नियमित जाँचमा बाग्लुङबाटै ल्याइएको चरेश बरामद भएको हो । बनले एकपटकमा यसरी चरेश ल्याएको २० हजार पाउने गरेको प्रहरीसँगको बयानमा बताएका छन् ।

डीएसपी पंगेनीले भने- रातमा चल्ने बसमा प्रहरीको जाँच हुँदैन भनेर चरेश ल्याएको हुनसक्छ । तर अहिले हामी लामो दुरीका हरेक ब्यागेज एक-एक चेक गर्छौं । यो पनि त्यसैमा परेको हो ।’

यसअघि धरानबाट आएको रात्री बसबाटै एक सय ९५ थान अवैध लागूऔषध कोरेक्ससहित सप्तरीका विरेन्द्र यादव पक्राउ परेका थिए ।

त्यस्तै गत पुस ६ गते पनि विराटनगरबाट आउँदै गरेको ना ६ ख ३१९० नम्बरको बसबाट एक हजार ४ सय एम्पुल डाइजेपाम, बु्रपि्रन नफि्रन सहित सिराहाका राकेश सिंह पक्राउ परेका थिए ।

प्रहरीका अनुसार पूर्वबाट आउनेहरुले औषधिजन्य लागुऔषध र पश्चिमबाट आउने बसहरुमा चरेश जस्ता लागुऔषध बरामद हुन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment