Comments Add Comment

एकतर्फी निर्णय नगर्न स्वास्थ्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

health

५ माघ, काठमाडाैं । स्वास्थ्य मन्त्रालयका कर्मचारी र युनियनप्रति हुने व्यवहार विभेदपूर्ण रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्वास्थ्य मन्त्री गगनकुमार थापाको ध्यानाकर्षण गराएका छन् ।

पूूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको अगुवाई तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्दि्रय स्वास्थ्य तथा जनसंख्या विभागकी केन्दि्रय कमिटी सदस्य सुचिता शाक्य सहितको प्रतिनिधिमण्डलले बुधवार मन्त्री थापाको ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा पार्टीका प्रतिनिधिहरुले मन्त्रालयबाट हुदै आएको काम कारवाही अन्यायपूर्ण भएको जनाउँदै हालसम्म भए गरेका निर्णयलाई तत्काल रोक्न माग गरेका छन् ।

उनीहरुले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न प्रतिष्ठानहरुमा उपकुलपति, डिन, डाइरेक्टर, रेक्टर, रजिष्टार लगायतका पदमा नियुक्ती गर्दा योग्य तथा दक्ष व्यक्तिलाई नियुक्त गर्न माग गरेका छन् ।

त्यसैगरी, विगतमा भएका नियुक्तीलाई लिएर अख्तियारले गरेको पत्राचारलाई हटाउने प्रयास तत्काल रोक्न माग गर्नुका साथै देशभरका स्वास्थ्य संस्थाहरुमा भए, गरिएका सरुवा समेत अविलम्ब रोक्न र आन्दोलनमा रहेका छैटौ तहका स्वास्थ्यकर्मीहरुलाई ऐनको दफा नौ -ख) बमोजिम जिम्मेवारी सहितको पदस्थापन गराउन माग गरेका छन् ।

ध्यनाकर्षणका क्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफ्नो कार्यकालमा भएका अस्पतालको स्तरोन्नति, आइसीको स्तरोन्नतिसम्बन्धी निर्णयहरुलाई निरन्तरता दिइएकोमा अध्यबाद दिए ।

उनले आफू मन्त्री हुँदा सुरुवा, बढुवा तथा नियुक्तीलाई कहिल्यै पनि प्रश्रय नदिएको भन्दै मन्त्री थापालाई पनि त्यसो नगर्न सुझाव दिए ।

जवाफमा मन्त्री थापाले आफुले प्रशासनिक काम कारवाहीका क्रममा केही गल्ती भएको भए त्यसलाई सच्याउन आफू सदैव तयर भएको जनाए ।

कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, एमालेकी स्वास्थ्य तथा जनसंख्या विभागकी इन्चार्ज सुजाता शाक्य, कार्यकारी इन्चार्ज रचना खड्का, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल पारामेडिक्स संघ लगायतका पदाधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment