मलेसियाको पेनाङमा सोमबार मृत भेटिएका राधेश्याम पाण्डे, महोत्तरी जिल्ला सिसहैया कतैया गाविसको भएको पत्ता लागेको छ । उनको हत्या भएको अनुमान गरिएको छ ।
आइतवार काम सकिएपछि होस्टलमा आएका पाण्डे साँझ सात बजेतिर बाहिरिएका थिए । उनको शव सोमबार बिहान पेनाङको लोरोङ १ पाडाङ नागासारीको पार्कमा भेटिएको थियो ।
शवलाई पोसर्माटमको लागि प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । अनुसन्धानको लागि कम्पनीमा कार्यरत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कम्पनीमा ५१ जना नेपालीहरु कार्यरत छन् । फलामको किलाकाँटी/नट लगायत उत्पादन हुने उक्त कम्पनीमा नेपालीका आलावा अन्य मुलुकबाट पनि कामदारहरु छन् ।
घटनाको सम्वन्धमा नेपाली दूतावासले कन्सुलर खटाइसकेको र वुझेर छिट्टै आवश्यक कदम चाल्ने वताएको छ ।
यो पनि पढ्नुस्
फोटो मगर थकालको फेसबुकवाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4