Comments Add Comment

गुरु घिमिरेको प्रश्न-परिवर्तन विरोधी ओली कसरी राष्ट्रवादी ?

guru-ghimire५ माघ, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले एमालेको खोक्रो राष्ट्रवाद सकिएको बताएका छन् ।

उनले एमाले अध्यक्ष ओली प्रति कडा टिप्पणी गर्दै भने, ‘गणतन्त्र विरोधी ओली अहिले कसरी राष्ट्रवादी हुनसक्छन्, उनी परिवर्तनका बिरोधी हुन् । पहिले भारतकै निर्देशनमा सबै कुरा मान्ने अहिले सरकार छाड्नुपरेको छट्पटाहटका कारण जथाभावी बोल्नुको कुनै तुक छैन,’ घिमिरेले भने ।

रुपन्देहीको मोतिपूरमा नेपाली कांग्रेस वडा न १९ ले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा नेता घिमिरेले एमालेले मधेसी जनतालाई नेपाली नदेख्नु गलत नजर भएको बताए ।

संविधान संशोधनमार्फत मधेसीका जनताको माग सम्बोधन गर्नुपर्ने उनले बताए । प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई जनताको भावना अनुरुप नै जानुपर्ने भन्दै उनले भने, ‘प्रदेश नम्बर २ मा पनि पहाड मिसाउनुपर्छ ५ मा रहेका पहाडी जिल्ला टुक्राउनु हुँदैन ।’

सरकारले निर्वाचनको लागि तयारी गर्नुपर्ने भन्दै उनले अब हुने तीनै तहको निर्बाचनका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment