Comments Add Comment

प्राधिकरणको सञ्चालक समितिद्वारा थ्री गर्जेजसँगको सम्झौता अनुमोदन

nepal-electricity-authority

५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले पश्चिम सेती जलाशययुक्त आयोजना निर्माणका लागि चाइना थ्री गर्जेजसँग भएको ज्वाइन्ट भेन्चर सम्झौता अनुमोदन गरेको छ ।

सञ्चालक समितिको बुधबारको बैठकले गर्जेजसँगको सम्झौता अनुमोदन गर्दै कार्यान्वयनका लागि सम्वन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । सोमबार प्राधिकरण र थ्री गर्जेजबीच पश्चिम सेती आयोजना अगाडि बढाउने सहमति भएको थियो ।

७५० मेगावाट क्षमताको जलाशययुक्त आयोजनामा १ खर्ब ६० अर्ब लगानी हुनेछ, जसमध्ये एक खर्ब चिनियाँ लगानी हुनेछ भने बाँकी प्राधिकरण र स्थानीयबासीको रहनेछ । थ्री गर्जेजले पश्चिम सेती आयोजना बनाउन ऊर्जा मन्त्रालयसँग २०१२ मा नै समझदारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment