बलिउड सेलिब्रेटी फिल्म, अभिनय, डेटिङ, झगडाका कारण मात्र चर्चामा आउँदैनन् । कहिले कहिं उनीहरु नितान्त व्यक्तिगत कुरा खोलिदिन्छन्, जो गसिपको मसला बनिदिन्छ ।
यसपाली करण जौहरले त्यसै गरे । आफ्नो पुस्तक सार्वजनिक भएसँगै उनको गुप्त कुरापनि चुहिएको हो । एक अन्र्तवार्तामा उनले भनेका छन्, ‘मैले २६ बर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएँ ।’
यस्तो खुलासा गर्नेमा उनी एक्ला छैनन् । यसअघि एक म्यागजिनलाई अन्र्तवार्ता दिदै बर्फी ब्वाई रणबीर कपुरले चाखलाग्दो रहस्य खोलेका थिए । ‘मैले जतिबेला आफ्नो गर्लफ्रेन्डसँग शारीरिक सम्पर्क गरें’ रणबीरले भनेका छन्, ‘त्यसबेला म १५ बर्षको थिएँ ।’
त्यस्तै पोर्न उद्योग हुँदै बलिउडमा अवतरण गरेकी सन्नी लियोनीले पनि आफ्नो भर्जिनिटीबारे खुलासा गरेकी छन् । उनका अनुसार १६ बर्षको उमेरमा सनीले पहिलो पटक यौन सम्पर्क गरेकी थिइन् । पहिलो चुम्बन चाहि ११ बर्षकै उमेरमा गरेको उनले सम्झिएकी छन् ।
ब्लिउडकी स्टाइलिस डिभा शिल्पा सेट्टीले इन्टरनेशलन शो ‘बिग ब्रदर’मा खुलाएकी थिइन्, ‘म पहिलो पटक २२ बर्षको उमेरमा रिलेसनसिपमा आएकी थिएँ ।’ त्यही बखत अर्का प्रतियोगीले सोधेका थिए, ‘त्यही बेला भर्जिनिटी गुमाएको हो ?’ जवाफमा शिल्पा मुस्कुराएकी थिइन् ।
रणबीर सिंहले आफ्नो भर्जिनिटीको बरेमा खुलेर कुरा गरेका थिए । उनले भनेका थिए, ‘मैले १२ बर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएको थिएँ ।’ यद्यपी उक्त सम्वन्ध प्रेम वा वासनाले भने नबनाएको उनले प्रष्ट्याएका छन् । आफ्नो जिज्ञासा शान्त पार्नका लागि मात्र गरिएको उक्त सम्वन्धका क्रममा उनले कन्डोम प्रयोग गरेका थिए ।-एजेन्सी
प्रतिक्रिया 4