+

बिदाइ खेलमा मेसीको गोल, अर्जेन्टिनाको जित

२०८३ असोज  २१ गते ७:२६ २०८३ असोज २१ गते ७:२६

२१ असोज, काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि आफ्नो बिदाइ खेलमा गोल गरेका छन् र अर्जेन्टिना विजयी भएको छ ।

बुधबार बिहान अर्जेन्टिनाको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३-० ले हराउँदा कप्तान मेसीले एक गोल गरे । निकोलस ओटामेन्डी र निको पाजले १-१ गोल गरे ।

खेलको ४८औं मिनेटमा निकोलस ‌ओटामेन्डीले गोल गर्दै अग्रता दिलाएका थिए । ६१औं मिनेटमा निको पाजले गोल थपे ।

कप्तान मेसीले ७१औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै ३-० को जित पक्का गरे ।

मेसीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

अर्जेन्टिना फुटबल लियोनल मेसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय