Comments Add Comment

धुर्मुस-सुन्तली साँझका लागि कलाकार सिड्नी आइपुगे

16105864_1376180175779290_3752709332817544256_n१९ जनवरी, सिड्नी । धुर्मुस-सुन्तली साँझ-२०१७ मा प्रस्तुती दिन नेपालका चर्चित हाँस्य जोडी धुर्मुस-सीताराम कट्ेल) र सुन्तली -कुञ्जना घिमिरे बिहीबार बिहान सिड्नी आइपुगेका छन् ।
उनीहरुसँगै कार्यक्रममा सहभागी हुन चर्चित पप गायक भरत सिटौला र बाङ्गे बाका रुपमा चर्चित दीपक आचार्य पनि सिड्नी आइपुगेका छन् । कलाकारहरुलाई सिड्नी बिमानस्थलमा आयोजकले स्वागत गरे ।

गज्जबको इभेन्ट्सको आयोजनामा उनीहरुले आगामी शनिबार सिड्नीको मराना अडिटोरियम हलमा आफ्नो प्रस्तुती दिनेछन् । यस्तै सिड्नीमा रहेर बिश्वभर चर्चा कमाइरहेको डान्स ग्रुप ‘द नेक्स्ट’ पनि कम्तीमा तीनवटा प्रस्तुती दिने गज्जबको इभेन्ट्सका प्रदीप चापागाईंले अनलाइनखवरलाई जानकारी दिए ।

एस स्टडीजको मुख्य प्रायोजनमा आयोजित कार्यक्रमको मुख्य उदेश्य मुसहर वस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गर्नु रहेको चापागाईंले जानकारी दिए । एक हजार डलरभन्दा धेरै रकम सहयोग गर्नेहरुलाई स्टेजमै बोलाएर रकम हस्तान्तरण गर्ने कार्यक्रम राखिएको उनले जानकारी दिए ।

करिव दुई साता लामो अष्ट्रेलिया यात्रामा रहेका उनीहरुले मेलवर्न र बि्रसबेनमा पनि आफ्नो प्रस्तुती दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment