Comments Add Comment

इन्टरपोल सम्मेलनः नेपालको समस्या मानव तस्करी कि आतंकवाद ?

नेपालले भड्कल र टुण्डा दियो तर भारतले गोइत र ज्वाला दिँदैन

interpol-conference-at-ktm

६ माघ,काठमाडौं । २३ वर्ष पछि नेपालले विश्व प्रहरी संगठन (इन्टरपोल)को क्षेत्रीय सम्मेलन गर्ने अवसर पाएको छ । ५३ देशको इन्टरपोल प्रमुख नेपालमा आइपुगेका छन् । यो अवसरलाई नेपालले कसरी सदुपयोग गर्न सक्छ सबैको चासोको विषय बनिरहेको छ ।

बुधबारबाट काठमाडौंको होटल हायातमा सुरु भएको तीन दिने एसिया प्यासेफिक सम्मेलनमा नेपालको तर्फबाट आईजीपी उपेन्द्रकान्त अर्याल र विशेष ब्यूरोका प्रमुख डीआइजी बमबहादुर भण्डारीले कार्यपत्र प्रस्ततु गर्नेछन् ।

आइजीपी आर्यलले मानव वेचविखन विरुद्ध नेपालले चालेको कदम र अहिलेको चुनौतिका बारेमा आफ्नो कार्यपत्र प्रस्ततु गर्नेछन् । पछिल्लो समय नेपालले अफि्रकी मुलुकहरु तान्जानिया, केन्या जस्ता देशमा पनि नेपाली चेलीहरु वेचेको आरोपमा केहीलाई पक्राउ गरेको थियो ।

तर ती देशहरुबाट नेपाली चेलीहरुको उद्धारका लागि प्रहरीको सहयोग नभएको नेपाल प्रहरीले गुनासो गर्दै आएको छ । यस पटकको क्षेत्रीय सम्मेलनमा नेपाल प्रहरीले विभिन्न देशमा वेचिएका नेपाली युवतीहरुको उद्धारदेखि अपराधीलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित देशका प्रहरीले गर्नुपर्ने सहयोगसम्मको विषय उठाउने छ ।

चीनदेखि अफ्रिकासम्म बेचबिखनको सन्जाल

काठमाडौं एसियाका ५३ देश मध्य प्राय सबै देशका इन्टरपोल प्रमुखहरु काठमाडौं आइपुगेका छन् । यो अवसरमा नेपालले मानव वेचविखनको विषय सबैभन्दा महत्वका साथ उठाउने तयारी गरेको छ ।

सम्मेलनको उद्घाटन सत्रमै नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्यालले, साइबर अपराध, मानव वेचविखन र अन्तरदेशीय अपराध नेपाल र एसियाको लागि चुनौती बनिरहेको बताए ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको बुझाइमा नेपालले मानव वेचविखनको मुद्धा उठाएर मात्रै पुग्दैन । कतिपय देशका प्रहरीसँगको सम्बन्ध विस्तार जरुरी छ ।

त्यसोत म्यारिज ब्यूरोका नाममा नेपाली चेलीहरु चीनमा समेत वेचिएको घटना मल्लकै पालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाहिर ल्याएको थियो ।

नेपालमा बसेर म्यारिज ब्यूरो खोल्नेहरुलाई नेपाल प्रहरीले पक्राउ गर्‍यो तर चीनबाट नेपाली चेलीको उद्धार हुन सकेन । चाइनामा नेपाली चेलीलाई कसले अलपत्र बनाएको थियो भन्ने अनुसन्धानसमेत हुन सकेको छैन ।

अफि्रका, चीनजस्ता देशमा समेत थुप्रै नेपालीहरु बेचिएका छन् । तर त्यसरी वेचिएका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले चासो नदिएको पूर्व डिआइजी मल्लको बुझाइ छ ।

उनी भन्छन्- जुन जुन देशमा कामदारको रुपमा नेपालीहरु पुगेका छन ती देशहरुसँग नेपाल प्रहरीको सम्बन्ध हुन जरुरी छ । प्रहरी-प्रहरी बीचको समन्वयले मात्रै अपराधीलाई कार्वाहीको दायरामा ल्याउन सकिन्छ ।

श्रीलंका नेपाली चेली सप्लाईको ट्रान्जिट

इन्टरपोलको २३ औं एसिया प्यासेफिक सम्मेलनमा भाग लिन श्रीलंकाका प्रहरी प्रमुखनै काठमाडौंमा छन् । पछिल्लो समय नेपालले सामना गरिरहेको मानव वेचविखनको समस्या श्रीलंकासँग सबैभन्दा बढी जोडिएको छ ।

मानव तस्करहरुले भारत हुँदै श्रीलंकाको रुटबाट नेपाली चेलीहरुलाई विभिन्न देशमा पुर्‍याउने गरेका छन् । श्रीलंकामा नै नेपाली चेलीहरु सप्लाई गर्ने गिरोह सक्रिय छन् ।

त्यस्ता गिरोहलाई कार्वाहीको दायरामा ल्याउन नेपाल प्रहरीले यसपटक विशेष पहल गर्नु पर्ने सीआइबीका एक डीएसपी बताउँछन् ।

गोहित र ज्वाला सिंह कहिले बुझाउँ छ भारतले ?

केही वर्ष अघि भारतमा भएको विभिन्न आतंकवादी हमलामा संलग्न रहेका आरापी यासिन भड्कलदेखि टुण्डासम्मलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीलाई साथ दिएको थियो ।

तर नेपालको लागि संधै चुनौति बनिरहेको सशस्त्र समुहका केही नाइके पक्राउ गर्न भारतले उदासिनता देखाइरहेको छ । विशेष ब्यूरो प्रमुख डीआइजी बम बहादुर भण्डारीले नेपालमा आतंकवाद सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसपटक उनी तराइका सशस्त्र समूहको प्रसंग पनि उठाउने तयारीमा छन ।

पछिल्लो समय नेपाल बिखण्डन गर्नुपर्छ भन्ने पृथकतावादी भड्काउका सिके राउतदेखि केही पुराना समूहसमेत चुनौतिको रुपमा देखिएको डीआजी भण्डारी बताउँछन ।

विशेष गरेर मध्य तराई क्षेत्रमा ज्वाला सिंह र जयकृष्ण गोइत पछिल्लो समय सुरक्षा चुनौतिको रुपमा रहेको नेपालका सुरक्षा निकायको बुझाई छ । उनीहरु दुवैजना भारतमा सेल्टर लिएर बस्दै आएका छन् ।

विषेश ब्युरोका एक अधिकृत भन्छन-दर्जनौं हत्या, अपहरण जस्ता घटनाका आरोपी गोइत, ज्वाला सिंह जस्ता व्यक्ति पक्राउका लागि पटक पटक भारतसँग सहयोग माग्दा पनि वास्ता गरेको छैन ।
नेपालका जिल्लाहरुमा आउने चन्दा आतंक मच्चाउने र उतै गएर बस्ने समुहको नाइकेलाई कार्वाहीको दायारामा ल्याउन भारत जस्तो छिमेकी देशले पनि साथ दिएमात्रै इन्टरपोलमा आवद्ध हुनुको महत्व बढ्ने नेपाल प्रहरीका एक डीआइजी बताउँछन ।

नेपालको प्रसंशा

इन्टरपोलले पछिल्लो समय वन्यजन्तुको तस्करी नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको छ । इन्टरपोलका महासचिव जर्जिन स्टक वन्यजन्तु अगं तस्करी एसियाका लागि चुनौतिपूर्ण बन्दै गएको बताउँछन ।

नेपाल प्रहरीले पछिल्लो समय वन्यजन्तु तस्करी नियन्त्रणमा देखाएको सक्रियता सबै भन्दा उल्लेख्य रहेको स्टकको बुझाई छ । पत्रकारहरुसँगको कुराकानीमा उनले भने-नेपालले गैंडा मार्ने कुख्यात व्यक्ति राजकुमार प्रजालाई कार्वाहीको दायारमा ल्यायो । चार वर्ष देखी नेपालमा वन्यजन्तु मारिएको छैन यो निकै प्रसंशनीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment