Comments Add Comment

यसरी हुनेछ हृवाइट हाउसमा डोनाल्ड ट्रम्पको स्वागत

white-house

वासिङटनमा २० जनवरीको विहान ह्वाइट हाउसको पलङमा बाराक ओबामाले आँखा खोल्नेछन् । तर, जब रात पर्नेछ त्यो पलङमा ओबामा होइन, डोनाल्ड ट्रम्प सुत्नेछन् ।

दिनको ठिक १२ बजेसम्म ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपति त्यहाँ प्रवेश गर्न सक्दैनन् । वर्षौंदेखि चल्दै आएको परम्पराअनुसार नेतृत्व अदलबदल गर्ने प्रक्रियाका लागि ह्वाइट हाउसका कर्मचारीहरुसँग केवल घन्टाको समय हुन्छ ।

donald-trump

बिहान साढे १० बजेको आसपास जब ट्रम्प आफ्नो उद्घाटन भाषणका लागि तयार भइरहँदा दुईवटा ठूला ट्रक ह्वाइट हाउसभित्र पस्छन् र उल्टोपट्टी मुख फर्काएर ठडिन्छन् ।

सयभन्दा बढी कर्मचारीहरु विजुलीको गतिमा एउटा ट्रकमा ओबामाको गुन्टा लाद्न शुरु गर्नेछन् र अर्को ट्रकबाट ट्रम्पको सामान ओसार्न थाल्छन् । ह्वाइट हाउस प्रशासनका अनुसार यो काम फौजी शैलीमा सम्पन्न हुन्छ ।

यही बीचमा पर्खालमा रंगरोगन गरेर टिलिक्क पारिन्छ । नयाँ कार्पेट विछ्याइन्छ । शिशाहरु सफा गरिन्छ । साँझ पर्दा नपर्दै १३२ कोठाको ह्वाइट हाउस नयाँ राष्ट्रपति र उनको परिवारलाई स्वागत गर्न तयार हुन्छ ।

नयाँ राष्ट्रपति ह्वाइट हाउसमा प्रवेश नगरुन्जेलसम्म भने सबै जिम्मेवारी उनकै हुन्छ ।

barak-obama

अोबामा सन् २००९ मा सिकागोबाट वासिंटन आउँदा आफ्नो सबै सामान आफ्नै खर्चमा ल्याएका थिए । उनको सामान ह्वाइट हाउसमा भित्रिइसकेपछि त्यसलाई कसरी खोल्ने, कहाँ राख्ने सबै कर्मचारीहरुको जिम्मेवारीमा पर्छ ।

आमरुपमा सबै राष्ट्रपति वा उनकी पत्नीले हृवाइट हाउसभित्रको सजावटमा आफ्नो रुचीअनुसार केही फेरबदल गर्ने गर्छन् । ट्रम्प आफ्नी पत्नी मेलानियासँग एकदम चमकदमकयुक्त आफ्नो पेन्टहाउसमा सुनौलो प्लेटयुक्त पलङ र महंगो झुमरसँग अभ्यस्त छन् । तर, उनले भनेका छन् कि हृवाइट हाउसको सजावटमा उनले खासै ठूलो फेरबदल गर्ने छैनन् ।

न्यूयोर्क पत्रिकाका अनुसार मेलानिया एउटा ‘ग्ल्याम रुम’ बनाउन चाहन्छिन्, जुन उनको मेकअप र साजसज्जाका निम्ति हुनेछ । त्यो कोठामा प्रकाश र बाँकी सजावटमा खास ध्यान दिइनेछ । मेलानियालाई मेकअप गर्न सवा घन्टा लाग्ने गर्छ ।

सामान्यतः ऐतिहासिक महत्वका वस्तुहरुमा कुनै फेरबदल गरिँदैन तर, पूर्व राष्ट्रपतिहरुले सानातिना चिजहरु परिवर्तन गर्ने गरेका छन् ।

ओबामाले एउटा टेनिस कोर्टलाई बास्केटबल कोर्टमा रुपान्तरण गरेका थिए । फोर्डले एउटा आउटडोर स्वीमिङ पुल बनाएका थिए भने क्लिन्टनले आठ सिटको एउटा हट टब बनाएका थिए ।

२० जनवरीको अबेर साँझमा जब ट्रम्प आफ्नो भाषण र परेडसहितको समारोहबाट फर्किनेछन्, ह्वाइट हाउसका भान्सेहरुलाई उनका लागि खाना तयार गर्ने चटारो हुनेछ । भोलिपल्टदेखि ट्रम्प परिवारको रुचीअनुसार खाना पाक्नेछ ।

बीबीसीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment