Comments Add Comment

अमेरिकामा आँधीका कारण १८ को मृत्यु, सात स्थानमा आपतकाल घोषणा

america

१० माघ, काठमाडौं । अमेरिकाको दक्षिण क्षेत्रमा तुफानको कारण १८ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् ।

जर्जियाका सात स्थानमा आपतकालीन अवस्था घोषणा गरिएको छ । जर्जियामा मात्रै १४ जनाको मृत्यु भएको छ ।

मिसीसिपीमा चार जनाको मृत्यु भएको बताइएको छ । फ्लोरिडाको सीमा क्षेत्रमा रहेको ट्रेलर पार्कमा पनि केही व्यक्तिको मृत्यु भएको खबर छ । कैयौंका घरहरु भत्किएका छन् भने रुखहरु ढलेका छन् ।

अधिकारीहरुले अलबामा र फ्लोरिडाको उत्तर क्षेत्रमा मौसम अझै खराब हुन सक्ने बताएका छन् ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाका गर्भनरसँग कुरा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment