सक्नेलाई खेल रहेछ यो जिन्दगी
नसक्नेलाई जेल रहेछ यो जिन्दगी ।
न हर्ष न विस्मात् कौवालाई,
पाकेको बेल रहेछ यो जिन्दगी ।
भेट्टाइन्छ कि भनी दौडिँदा दौडिँदै,
छुटेको रेल रहेछ यो जिन्दगी ।
मौकामा चौका हान्न सके अचेल,
कमिसनको खेल रहेछ यो जिन्दगी ।
सोझा र निमुखालाई मात्र यहाँ,
आँसुको भेल रहेछ यो जिन्दगी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4