पढ्ने कुरा कति छन् भन्ने हिसाब छैन
तिम्रो मुहारजस्तो अर्को किताब छैन
गजलकार डा. प्रदीपकुमार मैनालीको नयाँ गजल ‘पढ्ने कुरा’का शब्द हुन् यी । प्रेम-शृंगारको भाव व्यक्त गर्ने गजलमा राज सागरको शब्द तथा संगीत छ । गजललाई राजन इशानले एरेन्ज गरेका हुन् ।
गजलको म्युजिक भिडियोमा गायक राज सागरसहित अनन्त प्रजापति, विकेश लामा र राजकुमार समाल फिचर्ड छन् । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
डा. मैनालीको रचना र तिलकसिंह पेलाको स्वर तथा संगीतमा करिब दुई वर्षअघि सार्वजनिक भएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय छ । जसलाई युट्युबमा हालसम्म १ करोड २१ लाख भन्दा बढी पटक हेरिएको छ । यो गजलमा हजारौं टिकटक भिडियो समेत बनेका थिए ।
‘पढ्ने कुरा’ गजल ‘रचनावाचन’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4