+
+
Shares

पोर्चुगलमा फुटबल प्रतियोगिता, नेपाली खेलाडी विजय गुरुङ उत्कृष्ट गोलकिपर

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ११ गते १०:२३

porchugle-gameपोर्चुगल । गैरआवासीय आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद् अल्गार्भले पोर्चुगलकोमा आयोजना गरेको एनआरएन आरसीसी रनिङ्ग कप फुटबलमा लुज ताबिराले जित हात पारेको छ । प्रतियोगितामा ओल्याओका टीम दोस्रो हुन सफल भएको छ ।

प्रतियोगितामा बिजय गुरुङ उत्कृष्ट गोल किपर भएका थिए भने आङसेङ सेङदेन उत्कृष्ट खेलडी घोषित भएका थिए । खेलमा प्रकाश पौडेलले सबैभन्दा धेरै गोल गरेका थिए ।

प्रतियोगितामा आल्बुफेरा ए, आल्बुफेरा बि, भिल्लामोरा ए, भिल्लामोरा बि, मोन्तेगोर्दो, ताबिरा, लुज ताबिरा, ताबिरा युथ र ओल्याओ गरी नौ टिमको सहभागिता थियो ।

बिजयी खेलाडीहरुलाई नगद, प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । पहिलो र दोस्रो हुने टिमलाई नेप्लिज पोर्चुगल समाजले क्रमश एक सय र ५० यूरो नगद प्रदान गरिएको थियो ।

कार्यक्रमका लागि तमु परिवार आल्बुफेरा, शम्भु गौतम, निल गणेश तिवारी (यू. के.), अनिल शाही, शरदचन्ऽ शाही, मुक्तिनाथ मनि एक्सचेन्ज, नारायण बश्याल, दीपक के सी, क्याटरिना नेपाली रेष्टुरेन्ट, वेलकम नेपाली शप, युजफुल क्यापिसिटि अगि्रकोला, महाराजा रेस्टुरेन्ट र एल पपगोयो रेष्टुरेन्टले आर्थिक सहयोग गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद् अल्गार्भका अध्यक्ष बिष्णु बराल, सचिब अनिल शर्मा, नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलका उपाध्यक्ष सुनिल संगमको उपस्थिति थियो । त्यस्तै खेलकुद संरक्षक हितमान बुढाथोकी, तमु परिवार आल्बुफेराका चित्र गुरुङ, गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भका उपाध्यक्ष शरद शाही, नेपाली नारी समाज पोर्चुगलका उपाध्यक्ष तनुजा प्रसाई सहभागी थिए ।

करिब तीन सयभन्दा बढी खेलप्रेमी दर्शकहरुको उत्साहजनक सहभागिता रहेको उक्त प्रतियोगितालाई पिताम्बर शर्मा र अभिषेक आचार्यले संयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?