+
+
Shares

चितवन मेडिकल कलेजका निर्देशकको गाडी तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ११ गते १९:०६

chitwan-medical-college-gadi-todfod
११ माघ, भरतपुर । चितवन मेडिकल कलेजका निर्देशक डा. हरिश न्यौपाने सवार गाडी अज्ञात समूहले सोमबार तोडफोड गरेको छ । अस्पताल परिसरमै बा १४ च  ७५६४ नम्वरको ल्याण्ड क्रुजर गाडी अज्ञात समूहले तोडफोड गरेको हो ।

गाडीमा न्यौपाने र उनका चालक मात्रै थिए ।

दुई वटा मोटरसाइकलमा आएका चार जनाको समूह गाडी तोडफोड गरी फरार भएको प्रत्यक्षदर्शीले बताए । गाडी तोडफोड गर्नेहरुको खोजी कार्य भैरहेको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले जानकारी दिए ।

तोडफोडमा संलग्न सवार दुईवटामध्ये एक मोटरसाइकलको पहिचान भैसकेको प्रहरी प्रमुख थापाले जानकारी दिए । मोटरसाइकल नम्वरका आधारमा सम्वन्धित ब्यक्तिको खोजी थालिएको थापाको भनाई छ ।

न्यौपानेको गाडी तोडफोड गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

– सुवास पण्डितबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?