News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पहिलो हाफ सकिँदा स्पेनले फ्रान्सविरुद्ध एक गोलको अग्रता लिएको छ।
- खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
- फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।
३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफमा स्पेन फ्रान्सविरुद्ध एक गोलले अघि छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो ।
२२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।
पहिलो हाफमा फ्रान्सको तुलनामा स्पेन बलियो देखिएको छ । बल पोजिसनमा स्पेनको नियन्त्रण बढी छ ।
प्रतिक्रिया 4