+
फिफा विश्वकप २०२६ :

फ्रान्स र स्पेनबीचको खेल सुरु

२०८३ असार  ३१ गते ०:४५ २०८३ असार ३१ गते ०:४५

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सुरु भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेन भिडिरहेका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको डलास स्टेडियममा फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल फ्रान्स र स्पेनबीच सुरु भएको छ ।
  • लगातार तेस्रोपटक फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
  • सन् २०१० पछि पहिलोपटक विश्वविजेता बन्ने अभियानमा रहेको स्पेनले क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोलको नतिजामा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेल सुरु भएको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सुरु भएको पहिलो सेमिफाइनल खेलमा फ्रान्स र स्पेन भिडिरहेका छन् ।

फ्रान्स लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा छ । स्पेन भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा अगाडि बढेको छ ।

फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम ३२ मा स्वीडेनमाथि ३–० को जित निकालेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पन्छायो । क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

स्पेनको विश्वकप यात्रा सुरुमै अपेक्षाअनुसार थिएन । प्रतियोगिताको पहिलो खेलमा विश्वकपमा पहिलोपटक सहभागी केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनमाथि प्रश्न उठेका थिए । तर त्यसपछि स्पेन आफ्नो फर्ममा फर्कियो । दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएको स्पेनले समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पन्छाउँदै समूह विजेता बन्यो ।

अन्तिम ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनले अन्तिम १६ मा छिमेकी पोर्चुगललाई १–० ले हरायो । क्वाटरफाइनलमा बेल्जियमविरुद्ध २–१ को जितसहित स्पेन सेमिफाइनलमा पुगेको हो ।

यस्तो छ दुवै टोलीको सुरुवाती रोजाइको सेटअप

फिफा विश्वकप फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय