+
+
Shares

गला बसेको छ ? घर बसी-बसी उपचार गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते ९:०६

ghati-basekoमौसम परिवर्तन हुँदा गला बस्ने समस्याबाट धेरै व्यक्तिहरु पीडित हुन्छन् । यसलाई सामान्य समस्या मानेर मानिसहरु डाक्टरकहाँ जाँदैनन् । तर कहिलेकाहीँ यो समस्याले गम्भीर रुप पनि लिन सक्छ ।

त्यसो त गला बस्दैमा डाक्टरकहाँ पुगिहाल्नुपर्छ भन्ने पनि छैन । हामी तपाईंलाई केही घरेलु उपायहरु सिकाउदैछौं जसले बसेको घाँटी खोल्न रामवाणको काम गर्नेछ ।

दालचिनी

चिसोको कारणले तपाईं गला बसेको छ भने दालचिनीले फाइदा गर्न सक्छ । एक गिलास तातो पानीमा सानो चम्चाले दालचिनी पाउडर र मरिच हालेर घोल्नुस् । अब यसको मिश्रणलाई छान्नुस् र गलगल गर्नुस् । यसमा अलैंची पनि मिसाउन सक्नुहुन्छ । दिनमा २-३ पटक यसरी गलगल गर्नुभयो भने तपाईंको गला खुल्छ ।

अदुवा र मह

गलामा गर्मी र दुखाई हुँदा राहतको लागि यो प्रभावकारी विधि हो । यसका लागि अदुवालाई पिसेर महमा मिलाउनुस् र त्यसमा मरिच हालेर पेस्ट बनाउनुस् । एक-एक छिनमा त्यसलाई मुखमा हाल्दै गर्नुस् । अदुवाको ठाउँमा लसुनको प्रयोग पनि गर्न सकिन्छ ।

ghati-dukheko-ausadhiलसुन

लसुनमा एन्टिसेप्टिक र एन्टी-ब्याक्टेरियल गुण हुन्छ जसले गलालाई फाइदा पुर्‍याउँछ । यसका लागि लसुनको काँचो टुक्रा चपाउनुस् । यसबाट एलिसिन नामक एक रसायन निस्किन्छ, जसले गलामा समस्या ल्याउने ब्याक्टेरियालाई नष्ट गर्छ । लसुनको तेलको केही थोपा तातो पानीमा हालेर गलगल गर्न पनि सकिन्छ ।

ल्वाङ, मरिच र मह

एक गिलास तातो पानीमा एक चिम्टी पिसेको ल्वाङ, मरिच र मह मिसाउनुस् । हरेक बिहान यसलाई पिउँदा गलामा आराम हुन्छ ।

बेसार

एन्टिसेप्टिक गुणका कारणले बेसारलाई थुप्रै रोगको रामवाण औषधि मानिन्छ । एक कप तातो पानीमा अलिकति बेसार मिसाएर खाली पेटमा सेवन गर्नुस् । तीन-चार दिनसम्म लगातार यो पिउनाले घाँटीलाई आराम मिल्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?