+
+
Shares

मलेसियामा एनआरएन कल्याणकारी कोष स्थापना हुने

रामचन्द्र नेपाल रामचन्द्र नेपाल
२०७३ माघ १२ गते १२:१६

nrna-mayaysia
१२ माघ,काठमाडौं । मलेसियामा विभिन्न कारणले समस्यामा परेका नेपालीहरुलाई सघाउन गैर आवासिय नेपाली संघ मलेसियाले एनआरएन कल्याणकारी कोष स्थापना गर्ने भएको छ ।

आउँदो फेब्ा्रुवरी ११ तारिखमा राजधानी क्वालालम्पुरमा एक बृहत कार्यक्रमको आयोजना गरि अभियान शुरु गर्न लागेको एनआरएन मलेसियाले जनाएको छ ।

‘आज नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने, सकिन्छ धेरै गरौ, सक्दैनौ थोरै गरौं, हामी सबैले केही गरौं’ भन्ने नाराका साथ संकलन अभियान शुरु गर्ने अभियान थालिएको कोषका संयोजक शंकरबहादुर पौडेलले जानाकारी दिए । उनले भने, ‘नेपालीहरुले नेपालीहरुलाई नै सहयोग गर्ने हो मन फुकाएर सहयोग गरौं ।’

विशेष कार्यक्रमको साथमा गर्न लागिएको सो अभियानलाई अझ प्रभावकारी वनाउन अभियानका अन्र्तराष्ट्रिय संयोजक गणेश केसीसमेत मलेसिया आउने भएका छन् ।
विश्वमा रहेका गैर आवासीय नेपाली संघको सहयोगी मन भएका अभियनकर्ता, मलेसियाका व्यवसायी तथा सामाजिक कार्यकर्ताबाट सहयोग संकलन हुने एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जानकारी दिए ।

हाल मलेसियामा करीव सात लाख नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको छ । कोषको स्थापनाले धेरै नेपालीहरुलाई सहयोग पुग्ने विश्वास सवैले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?