सन् १९१८ मा आजकै दिन अर्थात् जनवरी २५ का दिन रुसमा जार सासनको अन्त्यपश्चात सोभियत संघ गणराज्य घोषित भएको थियो । यद्यपि रुस इतिहास र वर्तमानमा समेत अमेरिकासँगको शक्तिसंघर्षका कारण चर्चित हुँदै आएको छ । तथापि यो देशको पहिचान केवल अमेरिकासँगको खिचातानीमा मात्र सिमित छैन । दुनियाकै ठूलो देश रुसका केही अनौठा तथ्यहरु यस्ता छन्, जुन तपाइँलाई थाहा नहुनसक्छ:
रुसमा सेक्स गर्नकै लागि भनेर वर्षमा एक दिन विदा दिइन्छ । हरेक वर्ष १२ सेप्टेम्बरको दिन रुसमा विदा हुन्छ । उक्त विदाको लक्ष्य भनेकै कामकाजी मानिसहरु आफ्नो पार्टनरसँग सहवास गरुन् भन्ने हो । देशमा घट्दो जन्मदरलाई रोक्न र बच्चा जन्मिने दर बढाउनका लागि यसरी सेक्स होलिडे दिने गरिएको छ । यो विदाको यदि ठ्याक्कै ९ महिनापछि यदि कोही दम्पतिले बच्चा जन्मायो भने उक्त दम्पतिलाई नगद पुरस्कारका साथै कार, फ्रिज लगायतका उपहार पनि दिइन्छ ।
– रुसमा धुलो लागेको तथा फोहोर गाडी बाटोमा गुडाउनु अवैध हो । यसो गरेमा सजाय भोग्नुपर्दछ ।
-रुसी समाजमा एउटा परम्परागत मानयता के छ भने घरभित्र सिट्ठी बजाउनु हुँदैन । यसो गर्दा घरभित्रको धनसम्पत्ति बाहिर उड्छ ।
– रुसमा हरेक वर्ष बबल बाबा नामको पर्व मनाइन्छ । जसमा मानिसहरु सेक्स टोयजको साथमा पानीमा तैरिन्छन् ।
-रुसको जनसंख्या १४ करोड २९ लाख भन्दा धेरै छ । जसमा पुरुष भन्दा महिलाको जनसंख्या धेरै छ ।
-रुसको कानून अनुसार बालबालिकाहरुसँग समलिंगी मानिसहरुको बारेमा कुरा गर्नु अवैधानिक हो । यस्तो गरेमा सजायँ हुने प्रावधान छ ।
-हरेक दिन ७० देखि ९० लाख मानिस मस्कोको मेट्रो प्रयोग गर्दछन् । यो संख्या लण्डन र न्युयोर्कको सार्वजनिक यातायात प्रयोगकर्ताको कुल संख्या भन्दा पनि धेरै हो ।
-एक रिसर्च अनुसार एक वर्षभरमा गरी एक जना रुसी नागरिकले औषतमा ४.८ ग्यालन रक्सी पिउँछ । तर डाक्टरहरुका अनुसार यसको आधा जति रक्सी वर्षेनी पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
– रुसको मस्को यस्तो सहर हो जहाँ विश्वमा सबैभन्दा धेरै धनी मानिसहरु बस्दछन् ।
– रुसमा धनी मानिसहरु ट्राफिक जामबाट बच्नका लागि एम्बुलेन्समा यात्रा गर्छन्, जसलाई त्यहाँ वैध मानिन्छ । एजेन्सी
प्रतिक्रिया 4