१२ माघ, काठमाडौं । अपि पावर कम्पनीले दार्चुलामा बहने नौगड गाढमा निर्माण गर्न लागेको ८ मेगावाट क्षमताको अपर नौगडगाढ जलविद्युत आयोजनामा लगानी जुटेको छ । यसमा नेपाल एसबिआई बैंक र प्रभु बैंकले १ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।
एसविआइ बैंकको अगुवाइमा आयोजनामा बैंकहरुले लगानी गर्ने सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नौगढ गाड आयोजनामा नेपाल एसबिआई बैंक लिमिटेडले ५५ करोड र प्रभु बैंक लिमिटेडले ४५ करोड लगानी गर्ने भएका हुन् ।
नौगाड गढ आयोजनाको लागत १ अर्ब ४४ करोड रुपैयाँ हुनेछ । यसमध्ये ७० प्रतिशत बैंक ऋणबाट जुटाइँदैछ भने अरु शेयरधनीबाट उठाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4