+
+

प्रधानमन्त्री प्रचण्ड पोखरा र पर्वतको भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते १०:००

prachand-in-helicopter

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार पोखरा र पर्वतको भ्रमणमा निस्केका छन् ।

पोखरामा बिहीबार सशस्त्र प्रहरीका नयाँ इन्स्पेक्टरहरुको ‘पास आउट’ हुँदैछ । सो कार्यक्रममा भाग लिन प्रधानमन्त्री बिवहीबार बिहानै हेलीकोप्टरबाट पोखरा लागेका हुन् ।

त्यसैगरी प्रधानमन्त्रीले बिहीबार नै पर्वत पुगेर त्यहाँ पर्वत महोत्सव उदघाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले अनलाइनखबरलाई बतायो ।

सबै राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर निर्वाचन मिति घोषणा गर्ने तयारी गर्नुको साटो सभा समारोह उदघाटन कार्यक्रममा व्यस्त भएको भन्दै प्रचण्डको आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?